घोराही, १८ आसर । घोराही उपमहानगरपालिका वडा नम्बर १३ देखि वडा नम्बर १९ जोड्ने सेवारखोलाको लापेमा झोलुंगे पुल निर्माण भएको छ । झण्डै २४ लाख रुपैयाँको लागतमा वडा नम्बर १३ लापेदेखि वडा नम्बर १९ साधन धोक्रे जोड्ने झोलुंगे पुलको निर्माण भएको हो ।
सेवा प्रतिष्ठान तुलसीपुरले जिम्मा लिएर सेवारखोलामा बनेको उक्त पुलको सोमबार घोराही उपहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले रिबन काटेर उद्घाटन गर्नुभएको छ ।
जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरी २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।
जिल्ला समन्वय समिति जिल्ला प्राविधिक कार्यालयको २१ लाख २ हजार ९ सय ५४ रुपैयाँ, घोराही उपमहानगरपालिकाको १ लाख ३७ हजार १ सय ४८ रुपैयाँ र उपभोक्ताहरुको ४५ हजार ७ सय १६ रुपैयाँ गरी २२ लाख ८५ हजार ८ सय १० रुपैयाँको लागतमा पुल निर्माण भएको हो ।पुल निर्माण भए पछि वडा नम्बर १३ का खानीगाउँ, कोलबन, मलार गाउँका १ सय ५० बढी घरधुरीका १ हजार ९५ जनसंख्यालाई आवतजावतमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष तिलकबहादुर बुढाले जानकारी दिनुभयो ।
पुल नहुँदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारी नै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । नगर प्रमुख चौधरीले पुल निर्माणपछि अब नागरिकहरुलाई आवतजावतमा सहज हुने भन्दै संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
पुल नहुँदा त्यस भेगमा नागरिकहरु सडकमा पुग्नका लागि धेरै हिँड्नुपर्ने र वर्षायाममा भेल आउँदा खोलापारी नै बास बस्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । नगर प्रमुख चौधरीले पुल निर्माणपछि अब नागरिकहरुलाई आवतजावतमा सहज हुने भन्दै संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।पुललाई सम्पत्तीका रुपमा संरक्षण गर्न आग्रह गर्दै उहाँले अब विकासलाई बस्तीसँग जोडेर अघि बढ्ने बाटोमा आफूहरु रहेको बताउनुभयो । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीले पुल संरक्षणका लागि आवस्यक सहयोग गर्ने आश्वासन दिनुभयो । पुल बने पछि स्थानीय हर्षित भएका छन् ।












