घोराही, २० असार । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बोल्ने कलाको बिकासले मात्रै अधिकार उपयोग गर्न सकिने बताउनुभएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ को आयोजनामा भएको दलित महिलाहरुका लागि उद्घोषण तालिम समापन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले बोल्ने कलाको विकासले मात्रै सहज ढंगबाट अघि बढ्न सकिने बताउनुभयो ।
लाज र डरले आफैलाई पछि पार्ने भन्दै नगर प्रमुख चौधरीले बोल्ने र बहस गर्न सक्ने हुन अनिबार्य भएको बताउनुभयो । खुलेर बोल्न सक्ने भए मात्रै सामाजिक क्षेत्रका हरेक पक्षमा आफुलाई उभ्याउन सकिने भन्दै सिकेको सिपलाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो । वडा नम्बर १३ का अध्यक्ष रविलाल घर्तीमगरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने तालिममा सहभागि महिलाहरुले निर्धक्क भएर बोल्नु नै क्षमता विकासको पहिलो आधार भएको बताए । सहभागिहरु मन्जु विक, बिष्णु बिक, मिना सुनार, बस्ति सेर्पाईली लगायतले तालिम फलदायी भएको बताउनुभयो ।
कार्यक्रममा १३ नम्बरका वडा सदस्य पबित्रा बिक, घोराही उपमहानगरका प्रेस संयोजक निमुसंगम घर्ती, प्रशिक्षक बिमल योगी लगाएतकाले आआफ्नो धारणा राख्नुभएको थियो । सहभागी ४० जना सहभागी र चार दिन सम्म सञ्चालन भएको तालिमको प्रशिक्षकमा पत्रकार बिमल योगी, नवीन अभिलासी र समीक्षा सेर्पाईली रहनुभएको थियो । समापन कार्यक्रमको सहजिकरण पिंकी विकले गर्नुभएको थियो ।



