घोराही, २५ असार । घोराही उपमहानगरपालिकाले आफ्नो मातहतमा प्रवाह हुने सेवा सुविधालाई थप सहज र व्यवस्थित बनाउन नगरबासीको राय सुझाब लिने भएको छ । उपमहानगरले यही असार २९ गते सार्वजनिक सुनुवाई कार्यक्रममार्फत नगरबासीको राय सुझाव लिने भएको हो ।

घोराही उपमहानगरपालिकाले प्रदान गर्ने सेवा सुविधालाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय विकासमा नागरिकहरुको सहभागितामा कर्तव्यबोध गराउने गरी सार्वजनिक सुनुवाई गर्न लागेको जनाएको छ ।

सुशासन र पारदर्शिता अभिबृद्धि गर्दै नागरिकहरुप्रति जवाफदेही बन्न, स्थानीयस्तरमा उपलब्ध कार्यक्रम, बजेट तथा योजना छनोट, कार्यान्वयन र अनुगमनमा प्रभावकारिता ल्याउने उद्देश्य अनुरुप स्थानीय निकाय सार्वजनिक सुनुवाई कार्यविधि २०६७ बमोजिम उपमहानगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्न लागेको प्रवक्ता भरत अर्यालले जानकारी दिनुभएको छ ।

उक्त कार्यक्रमका लागि ग्रामीण महिला उत्थान केन्द्र दाङले सेवाग्राही अभिमत र नागरिक प्रतिवेदन पत्रको लागि कार्य सम्पन्न गरिसकेको छ । यही असार २९ गते हुने दिउँसो १ बजे उपमहानगरपालिकामा हुने सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थितिका लागि सबैलाई आग्रह गरिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस