दाङ, २७ असार । दाङ जिल्लाको दोस्रो सभा विहीबार हुने भएको छ । सभाको प्रदेश न‍‍ं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताउनुभयो ।
सभाको उद्घाटनमा जिल्लाबाट  संघीय संसद र  प्रदेश संसदमा प्रतिनिधित्व गर्ने सांसद्हरुलाई समेत आमन्त्रण गरिएको छ । सभाको सबै तयारी पूरा भएको समन्वय समितिका प्रमुख नेपालीले बताउनुभयो ।  उहाँका अुनसार सभामा प्रस्तुत गर्नका लागि नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम समेत तय भएका छन् । सभाको सदस्यमा जिल्ला समन्वय समितिका पदाधिकारी र स्थानीय तहका प्रमुख र उपप्रमुख गरेर २९ सदस्य रहने व्यवस्था छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस