महेश बस्नेत
दाङ, ११ साउन । घोराही १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका छात्रछात्राहरुले एक कार्यक्रमको आयोजना गरी शुक्रबार गुरु पुर्णीमा मनाएका छन् । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कल (जुरेस) का अध्यक्ष खिमबहादुर चौधरीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशवराज गिरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले गुरु र शिष्यहरुका बिचमा निकटतम र सुमधुर सम्बन्ध कायम हुनुपर्ने धारणा व्यक्त गरेका थिए । उनीहरुले अनुशाशित भएर जीवन उपयोगी शिक्षा प्राप्त गरी असल मार्गमा लाग्न बिद्यार्थीहरुलाई सुझाव दिएका थिए ।

कार्यक्रममा बिद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेत, जुरेसका शिक्षक नायक अमृत घर्ती मगर, शिक्षिका शारदा भण्डारी, शिक्षक मनराज नाथ, कमलप्रसाद शर्मा, जुरेसकी उपाध्यक्ष झरणा डाँगी, छात्र सुदिप बस्नेत लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सम्पूर्ण विद्यार्थीहरुले शिक्षकशिक्षिकाहरुलाई पुष्प गुच्छा, टिका र उपहार प्रदान गरी सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षिक तथा विद्यार्थीहरुले गित, नृत्य, कविता तथा मुक्तकहरु प्रस्तुत गरेका थिए । जुरेसकी कोषाध्यक्ष सस्मिता डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण जुरेसका सचिव किसन खड्काले गरेका थिए ।गुरुहरुका लागि घैंटा फोड प्रतियोगिता
यसैबिच गुरु पुर्णीमाको अवसरमा ज्ञानमालाका विद्यार्थीहरुले शिक्षकशिक्षिकाहरुका बिचमा घैंटा फोड प्रतियोगीता सञ्चालन गरेका थिए । प्रतियोगीतामा विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेत विजयी हुनुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस