दाङ, २५ साउन । गोर्खा सैनिकमा भर्ती हुने युवाहरुका लागि घोराहीमा दुईदिने व्यवहार परिवर्तन सम्बन्धी प्रशिक्षण दिइएको छ । ब्रिटिस सेना र सिंगापुर पुलिसमा भर्ती हुने युवाहरुको आत्मबल बढाउँदै उनीहरुलाई रचनात्मक बनाउन प्रशिक्षित गरिएको आयोजक स्याल्युट गोर्खा प्रशिक्षण केन्द्रले जनाएको छ ।

ब्रिटिश सैनिकमा भर्ती हुँदा दिइने अन्तर्वार्ताबारे प्रशिक्षण दिन पूर्व बिट्रिश सैनिक सर्जन्ट मेजर माइकल न्यूटन आएका थिए । उनले युवाहरुलाई कुलतबाट बचेर ईमान्दारिताका साथ सैनिक सेवामा प्रवेश गर्न सुझाव दिएका थिए । अन्तर्वाता सिप र शिष्टताबारे उनले प्राबिधिक ज्ञाण दिएका थिए ।भर्तीको तयारी, लगनशिलता र तालिमपछिका सम्भावनाबारे स्याल्युट गोर्खाका केन्द्रीय अध्यक्ष राहुल पाण्डे र बागलुङ शाखाका प्रबन्धक मनिष रायमाझीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा एक सय बढी युवाहरु सहभागी भएको र दाङमै धेरै कुरा सिक्न पाउँदा उत्साहित भएको स्याल्युट गोर्खा प्रशिक्षण केन्द्र क्षेत्रीय कार्यालय दाङका प्रबन्ध निर्देशक बालकृष्ण रावलले बताए । यसअघि यस्तो प्रशिक्षण लिन पोखरा जानुपर्ने बाध्यता रहेको उनले बताए । आर्थिक अबस्था कमजोर भएका युवाहरुलाई पोखरामा बसेर तालिम लिन कठिन हुने भएपछि दाङमै व्यवस्था मिलाइएको रावलले बताए । व्यवहार परिवर्तनको सीप र गोर्खा सैनिकको तालिमपछि युवाहरु बिभिन्न क्षेत्रमा जानसक्ने सम्भावनाहरु रहेको कराँतेका अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका रावलले बताए ।

‘कतिपय नेपाली सेना, प्रहरी, वनरक्षक, सेक्युरिटी गार्ड जस्ता काममा रोजगार पाइरहेका छन्,’ उनले भने,‘कतिपय युवाहरु दुव्र्यसनमा लागिरहेका छन् । उनीहरुलाई तालिममा केन्द्रीत गरी जोखिमबाट बचाउन सकिन्छ ।’ बैदेशिक रोजगारमा जानेहरुका लागि पनि सेक्युरिटी गार्डको जागिरमा तालिम लाभदायक हुने गरेको उनले बताए । कतिपय दलालहरुले ब्रिटिस सैनिकमा भर्ती हुन पैंसा लाग्ने भन्दै गरिव युवाहरुको रकम लिने गरेकोतर्फ समयमै सचेत हुनुपर्ने उनले बताए । सैनिक भर्ती हुन कुनै पनि रकम नलाग्ने भएकाले मेहनती युवाहरु आफ्नै सिप र दक्षताबाट मात्रै सफल हुनसक्ने रावलले बताए ।केही बर्षअघिसम्म मगर समुदायका युवाहरु मात्रै भर्ती हुन जाने गरेकोमा अहिले सबै समुदायका आइरहेको उनले बताए । अब सन् २०२० देखि महिलाको पनि भर्ती लिइने भएकाले युवतीहरु पनि तालिममा सहभागी भैरहेको रावलले जानकारी दिए ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस