घोराही, २५ साउन । घोराही उपमहानगरपालिका १६ सर्रास्थित ज्ञानमाला एकेडेमीमा शुक्रबारीय अतिरिक्त क्रियाकलाप अन्तर्गत हाजिरीजवाफ प्रतियोगीता शुक्रबार सम्पन्न भएको छ । विद्यालयमा गठित नेपाल जुनियर रेडक्रसको आयोजना तथा विद्यालयको संयोजनमा हाजिरीजवाफ प्रतियोगीता सम्पन्न भएको हो ।
विद्यालयमा रहेका चारओटा सदनहरुबिच भएको उक्त प्रतियोगीतामा ग्रीन हाउसका शिक्षा पौडेल, सुदिप बस्नेत, किशन खड्का, नरेश चौधरी र अनुप चौधरी प्रथम भएका छन् । यसैगरी, रेड हाउसका कमल चौधरी, अमिश डाँगी, समिर भण्डारी, करण के.सी. र शिखा रावत द्वितीय भएका छन् भने यल्लो हाउसका सलिमा चौधरी, खिम बहादुर चौधरी, जीवन चौधरी, सुदिप नेपाली र एलिशा चौधरी तृतीय भएका छन् । विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला के.सी.को अध्यक्षतामा एवम् विद्यालयका प्रधानाध्यापक केशबराज गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगीताको सहजिकरण जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्ति मगरले गर्नुभएको थियो । प्रतियोगीतामा शिक्षकहरु मनराज नाथले स्कोरिङ र कमल रिजालले समय निर्धारकको भुमिका निर्वाह गर्नुभएको थियो ।

विद्यालयमा हरेक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलापहरु विद्यालयको संयोजन र विद्यालयमा गठित नेपाल जुनियर रेडक्रस सर्कलको आयोजनामा हुने विद्यालयका सहायक प्रधानाध्यापक महेश बस्नेतले जानकारी गराउनु भएको छ ।
Advertisements


