दाङ, २७ साउन । दाङको ग्वारखोलाले बगाउँदा एकजनाको ज्यान गएको छ । ज्यान जानेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ टरिगैका अन्दाजी ४५ वर्षीय परशुराम चौधरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

मृतक चौधरीलाई शनिवार साँझ मजगाउँबाट घर फर्कने क्रममा ग्वारखोलाले बगाएको थियो । सँगै गएका चित्रबहादुरले आइतवार विहान घरपरिवारलाई जानकारी दिएपछि उनको खोजी गरिएको थियो । चौधरीको शव ग्वारखोलाको पक्की पुलदेखि उत्तरतर्फ इट्टा भट्टा नजिकै फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकास सापकोटाले जानकारी दिनुभयो ।

मृतकको शवलाई पोष्टमार्टमका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा ल्याइएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस