घोराही, ३० साउन । पश्चिम रुकुममा एक व्यक्तिले आफ्नै भाइ र छोराको हत्या गरेका छन् । मुसिकोट नगरपालिका १४ लहरेखेतका करिब ३७ वर्षीय शंकर विष्टको हँसिया प्रहारबाट अरु दुई जना छोराहरु समेत घाइते भएका छन् । उनको आक्रमणबाट २० वर्षीय भाइ गोकर्ण र करिब ६ वर्षीय छोरा सुदर्शनको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जानकारी दिएको छ ।

यस्तै, छोराहरु १३ वर्षीय प्रकाश र १० वर्षीय दिनेश घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । घाइते छोराहरुका अनुसार आमा पानी लिन गएको बेला प्रकाशले आक्रमण गरेका थिए ।

भाइ र छोराहरुलाई आक्रमण गरेपछि शंकरले आफ्नो टाउकोमा समेत हँसिया प्रहार गरेका थिए । उनी पनि सामान्य घाइते छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । स्थानीयले प्रकाशको मानसिक सन्तुलन ठीक नभएको बताएका छन् । यस घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस