अमेलिया, ६ भदौ । ०७४ साउन २७ गते साँझ धवाडी र बाँदरखोलीको बाढी घरभित्रै पस्दा धौ-धौ बाँचेकी ३० वर्षीया पुनकला भुसाललाई दुई सन्तान र आफ्नो ज्यान बचाउन सकेकोमा जति हर्ष थियो त्यत्तिकै मुस्किलले बनेको घर बचाउन नसकेकोमा खुवै पीडा भयो । बाढीले घर र लत्ता कपडामात्रै होइन खाने अन्न पनि बगायो । गाई बाख्रा, कुखुरा सबै बग्दा सुकुम्वासी बनेकी भुसाल अहिले भने पक्की घरधनीको रुपमा पुनःस्थापित हुनुभएको छ ।
लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि मैनेकी पुनकलालगायत बाढीपीडित २२ घर परिवार पुनःस्थापित भएका छन् । “पोहर धौ-धौ बाँचेका थियौं, वर्षदिन लागे पनि यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ” पुनकलाले भन्नुभयो “बास ठूलो कुरा रहेछ, ढिलै भए पनि पक्की घरको बास पाइएको छ ।” लमही नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि दुई लाख दिएको थियो । दुई लाखमा केही रकम थपेर पुनकलाले घरमा भान्सा र चर्पी समेत निर्माण गर्नुभएको छ । पाँचदिन अघि घरसराइ गर्नुभएकी भुसालले भन्नुभयो “घर भए खाना, नाना जुटाउन केही गरौँला ।”
लमही नगरपालिकाले सुरक्षित जग्गा खोजेर पक्की घर निर्माण गरिदिएपछि मैनेकी पुनकलालगायत बाढीपीडित २२ घर परिवार पुनःस्थापित भएका छन् । “पोहर धौ-धौ बाँचेका थियौं, वर्षदिन लागे पनि यसपालीको वर्षामा ढुक्कसँग बस्न पाइएको छ” पुनकलाले भन्नुभयो “बास ठूलो कुरा रहेछ, ढिलै भए पनि पक्की घरको बास पाइएको छ ।” लमही नगरपालिकाले पूर्ण क्षति भएका परिवारलाई प्रतिपरिवार घर निर्माणका लागि दुई लाख दिएको थियो । दुई लाखमा केही रकम थपेर पुनकलाले घरमा भान्सा र चर्पी समेत निर्माण गर्नुभएको छ । पाँचदिन अघि घरसराइ गर्नुभएकी भुसालले भन्नुभयो “घर भए खाना, नाना जुटाउन केही गरौँला ।”०७४ साउन २७ गतेको बाढीले लमही नगरपालिका–९ का विभिन्न ६ स्थानका २३ घर बगाएको थियो । २३ मध्ये एक घरपरिवार बसाई सरी गएकाले बाँकी २२ घर परिवारलाई राष्ट्रिय वनको खाली जमिनमा पुनःस्थापित गरिएको नगरप्रमुख कुलबहादुर केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार मैनेमा ४, तेल्लेमा ३, रिहारमा ६, हात्तीखाल, अमेलिया र वाङ्गेतालमा ९ वटा पक्की घर निर्माण गरिएको छ । “जग्गा खोजविनमा केही समय लाग्यो तर अधिकांशले आफ्नो पुरानो ठाउँ छोड्न मान्नु भएन” नगरप्रमुख केसीले भन्नुभयो “पीडितहरुकै मागअनुसार घर निर्माण गरिदिएका छौं ।” घर स्टिमेट, सिमेन्ट ढुवानी र आवस्यक निर्माणका सामग्री पनि सहुलियतमा उपलव्ध गराएको र थप ३५ आंशिक पीडितहरुलाई राहतका उपलव्ध गराइएको नगरपालिकाले जनाएको छ । “राहत पनि पाइयो, घर बनाउन दुई लाख पनि” मैनेका मोहन डाँगीले भन्नुभयो “चर्पी र झ्याल ढोकाका लागि काठ दिए आभारी हुने थियौं ।”












