दाङ, ९ भदौ । नेपाल रेडक्रस सोसाइटी धारापानी उपशाखाको सभापतिमा सीताराम चौधरी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनले चौधरीको अध्यक्षतामा १० सदस्सीय नयाँ कार्यसमिति चयन गरेको हो ।

निर्वाचनबाट थुरेन्द्रबहादु वली, विमल योगी,अाश्मा चौधरी, बुद्धिप्रकास बुढाथोकी, शिवा डाँगी, सर्मिला चौधरी, वसन्ती महरा, विष्णु पौडेल र नेत्रलाल उपाध्याय सदस्यमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत प्रकाश श्रीवन्दले जानकारी दिनुभयो ।

उपशाखाका सभापति सीताराम चौधरीको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायणप्रसाद आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले रेडक्रसको गतिविधिलाई प्रभावकारी बनाई जनसेवामा जुट्नुपर्ने बताएका थिए । उनीहरुले रेडक्रस स्वयंसेवी संस्था भएकाले यसमा लाग्ने सदस्यहरु निश्वार्थ र स्वयंसेवी भावना राख्नेखालको हुनुपर्नेमा जोड दिएका छन् ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला सदस्य शिव थापा, बिश्राम अधिकारी, गणबहादुर ओलीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । साविक सौँडियार र धर्ना गाविसलाई आधार मानी स्थापना गरिएको धारापानी उपशाखामा हाल ५४ जना आजीवन सदस्य रहेका छन् ।

यसैबीच नवनिर्वाचित कार्यसमितिको आजै बसेको बैठकले सदस्यहरुको जिम्मेवारी बाँडफाँड समेत गरेको छ । जसअन्तर्गत सभापतिमा सीताराम चौधरी, उपसभापतिमा थुरेन्द्रबहादुर ओली, सचिवमा विमल योगी, कोषाध्यक्षमा अश्मा चौधरी, उपसचिवमा बुद्धिप्रकाश बुढाथोकी, उप कोषाध्यक्षमा शिवा डाँगी रहनुभएको छ । यस्तै वसन्ती महरा, विष्णुप्रसाद पौडेल, सर्मिला चौधरी र नेत्रलाल उपाध्यायलाई कार्यसमितिमा चयन गरिएको छ ।

बैठकले रेडक्रसको विधानअनुसार कुमारी चौधरी र ठागुराम चौधरीलाई सदस्यमा मनोनित गरेको छ भने घोराही उपमहानगरपालिकासँग एकजना सदस्य पठाइदिनका लागि अनुरोध गर्ने निर्णय समेत गरेको छ । यसका साथै जिल्लामा रगतको अभावलाई कम गर्न उपशाखाको तर्फबाट रक्तदान कार्यक्रम आयोजना गर्ने र त्यसको समन्वयका लागि आजीवन सदस्य लौटन चौधरीलाई संयोजक तोकिएको नवनिर्वाचित सचिव विमल योगीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस