घोराही, १७ भदौ । थारु कल्याणकारिणी सभाको १६ औं जिल्ला अधिवेसनबाट भुबन चौधरीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति सर्वसहमतिमा चयन भएको छ ।
सभापतिमा भुबन चौधरी, सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा चुनिनु भएको हो । त्यसैगरी केन्द्रीय पार्षदमा तेजमान चौधरी, सन्तोष दहित, चुर्णबहादुर चौधरी, यशोदा चौधरी र सन्तोष चौधरी सर्बसहमतिमा चयन भएको निर्बाचन अधिकृत भोजराज चौधरीले जानकारी दिनुभएको छ ।
निर्वाचित सभापतिले केहिदिनमै पदाधिकारी मनोनयन गर्ने सभाको विधानमा उल्लेख छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस