घोराही, १७ भदौ । मावि सेन्टरमा तीनवर्षे सूचना प्रविधि (आइटी) डिप्लोमा पठनपाठन सुरु हुने भएको छ । विद्यालयले सूचना प्रविधिको कार्यक्रम सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
आइतबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी यसैवर्षदेखि सुरु हुने कार्यक्रमका लागि पुस्तकालय, कम्प्युटरलगायत आवस्यक सम्पूर्ण ल्यावहरुको तयारी गरिएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।
उहाँले अहिलेसम्म १० जना विद्यार्थीहरुले आवेदन फाराम भरिसकेको जानकारी दिनुभयो । ४८ जनाको सिट रहेको कार्यक्रमका लागि आवेदन दिन भदौ २० गतेसम्मको म्याद रहेको विद्यालयले जनाएको छ । तीन वर्षे कार्यक्रमका लागि कुल दुइ लाख रुपैया लाग्नेछ । जसमा विद्यार्थीलाई पाठ्यपुस्तकलगायतका सामग्री निशुल्क उपलव्ध गराइने प्रअ पौडेलले जानकारी दिनुभयो । उहाँले सिटीइभिटीले भदौ २३ गते प्रवेश परिक्षा लिने भएकाले छिटो विद्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो । साथै यसअघि सिटीइभिटीका अन्य कार्यक्रमका लागि प्रवेश परिक्षा उत्तिर्ण गरेकाहरुले पनि पढ्न पाउनेछन ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख भास्कर गौतम, नेपाल पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनलगायतले बोल्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस