घोराही, २४ भदौ । घोराही उपमहानगरपालिका १६ सर्रा स्थित ज्ञानमाला एकेडेमीमा बाल क्लव गठन गरिएको छ । विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक बिमला केसीको अध्यक्षता एवम् विद्यालयका प्रिन्सिपल केशवराज गिरीको प्रमुख आतिथ्यतामा आयोजित विद्यार्थीहरुको भेलाले कक्षा ९ का छात्र सुदीप बस्नेतको अध्यक्षतामा १३ सदस्यीय ज्ञानमाला बाल क्लव गठन गरेको छ ।
त्यसैगरी उपाध्यक्षमा कक्षा ८ की छात्रा जुना चौधरी, सचिवमा कक्षा १० का छात्र विनय ओली, सहसचिवमा कक्षा ९ का छात्र श्रीधर रावत र कोषाध्यक्षमा कक्षा १० की छात्रा सलिमा चौधरीलाई चयन गरेको छ । यसैगरी, क्लवको सदस्यहरुमा कक्षा १० की छात्रा सुनमाया बस्नेत, कक्षा ९ का छात्र अमिस डाँगी, कक्षा ८ का छात्र समीर भण्डारी, कक्षा ७ की छात्रा सञ्जिला रिजाल, कक्षा ६ का छात्र करण केसी, कक्षा ५ का छात्र सुरज बिक, कक्षा ४ की छात्रा स्मारिका बुढा मगर र कक्षा ३ की छात्रा अनामिका पोख्रेल चयन हुनुभएको छ ।
भेलामा विद्यालयका भाइस प्रिन्सिपल महेश बस्नेतले बाल क्लव गठन र बाल क्लबको भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सहजीकरण जुनियर रेडक्रस सर्कलका शिक्षक नायक अमृत घर्तीमगरले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस