घोराही,२५ भदौ । विभिन्न समयमा बलात्कार र अपहरणपछि मारिएका महिला र बालिकाहरुको सम्झनामा दाङमा सोमबार दिउँसै दीप प्रज्ज्वलन गरिएको छ । घोराहीको तुलसीपुर चोकमा दीप प्रज्ज्वलन गरेर उनीहरुको सम्झना गरिएको हो ।
मानवअधिकारको क्षेत्रमा क्रियाशील अगुवा महिला, राजनीतिक दलका नेता तथा कार्यकर्ता, सर्वसाधारण नागरिकहरुले सामुहिक दीप प्रज्ज्वलन गर्दै बलात्कार र अपहरणपछि भएका हत्या, आत्महत्याका दोषीमाथि कारवाहीको माग गरे । दिन प्रतिदिन बालिका बलात्कार बढेको र बलात्कारपछि हत्या, अपहरणजस्ता अपाराधिक गतिविधिमा संलग्नहरुमाथि कारवाही हुन नसकेको भन्दै पीडितलाई न्यायको माग गर्दै दिउँसै दीप प्रज्ज्वलन गरिएको महिला मानवअधिकार राष्ट्रिय सञ्जालकी सचिव लक्ष्मी आचार्यले जानकारी दिनुभयो ।
कञ्चनपुरकी बालिका निर्मला पन्त हत्यापछि पनि थुप्रै बालिकामाथि बलात्कारका घटना भएको र घटनाका दोषीमाथि कारवाही र पीडितलाई न्याय माग्दा पनि ज्यान गुमाउनुपर्ने अवस्थाले गम्भीर स्थिति सिर्जना भएको भन्दै उनीहरुले लैंगिक हिंसा, बलात्कार, अपहरणजस्ता घटनामा गम्भीर हुन सरकारलाई आग्रह समेत गरे ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/09/3-1.jpg)
महिला र बालिका घरभित्रै असुरक्षित देखिएका छन् नेपाल महिला सामुदायिक सेवा केन्द्रकी कार्यकारी निर्देशक विमला योगीले भन्नुभयो,– महिला र बालिकाहरुको घरदेखि सडकसम्मको सुरक्षाको ग्यारेन्टी गर्न र दोषीमाथि कारवाही गर्न माग गर्दछौं । अहिले पनि महिलामाथि हुने हिंसा, यातना, बलात्कारजस्ता गतिविधिले महिला र बालवालिका स्वयंले आत्महत्यासम्म गर्ने अवस्थामा पुगेका घटना सार्वजनिक भइरहेको भन्दै उनीहरुले आत्महत्या गर्न बाध्य पार्नेहरुमाथि समेत कडा कारवाहीको माग गरे ।
सो अवसरमा नेकपाकी जानका रेग्मी, काँग्रेसकी सावित्रा राना, अधिकारकर्मी सुष्मा गिरीलगायतले बोल्नुभएको थियो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/09/1.jpg)
Advertisements
![](https://www.sancharonline.com/wp-content/uploads/2021/06/1-1.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)