दाङ, १२ कार्तिक । इलाका प्रहरी कार्यालय गढवा दाङले लागुऔषध खैरो हेरोइनसहित तीनजना व्यक्तिहरुलाई पक्राउ गरेको छ । गढवा गाउँपालिका वडा नं एक जुरेनीबाट बाँके बैजनाथ गाउँपालिका वडा नं. १ का नरबहादुर पाण्डे, सोही गाँउपालिका गाभरका भीमसिंह रोकाया र वडा नं २ मकैबारी निबासी छवि गुरुङलाई गाडीसहित पक्राउ गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको प्रहरी निरीक्षक पञ्चलाल गोलेले जानकारी दिनुभयो ।

प्रहरीले पक्राउ गरेका व्यक्तिहरुबाट से.१.च ११९० नम्बरको बोलेरो जिप दुई ग्राम खैरो हेरोइन, गाँजा जस्तो देखिने लागुऔषध १६ ग्राम, नगद नौ हजार पाँच सय रुपैयाँ, तीन वटा मोबाइल फोनसेटहरु, चुरोटका फिल्टर एक प्याकेट, चुरोट पेपर ६ प्याकेट, ब्लेड एक थान, लाइट दुई थान र सिक्का एक थान समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पूर्वपश्चिम राजमार्गअन्तर्गत जुरेनीमा पोखराबाट कोहलपुरतर्फ आँउदैगर्दा शंकास्पद अवस्थामा गाडी रोकिराखेको बेला ती व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक गोलेले बताउनुभयो । पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत मुद्दा चलाइने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस