घोराही, १५ कार्तिक । घोराही उपमहानगरपालिकाको महिला बालबालिका तथा सामाजिक विकास शाखाले वडा नम्बर २ रामपुरमा बालसंरक्षण र बालविवाह न्यूनिकरणसम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले बालमैत्री उपमहानगर बनाउन बालविवाह नै मुख्य चुनौती भएको बताउनुभयो । बालविवाहले समाजमा घरेलु हिंसा बृद्धि भैरहेको उल्लेख गर्दै उहाँले बालमैत्री समाज निर्माण गर्न बालविवाह नियन्त्रण गर्न आवश्यक रहेको बताउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले बालमैत्री समाज निर्माण गर्न सबै नागरिक सचेत हुन जरुरी रहेको बताउनुभयो । विभिन्न धार्मिक मूल्य मान्यताका आधारमा सानैमा विवाह गर्ने प्रचलन शुरु भए पनि अहिलेको सभ्य समाजमा बालविवाह नसुहाउने धारणा उहाँले व्यक्त गर्नुभयो । उपसचिव यामबहादुर कुँवरले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गर्न वडाका सबै सक्रिय हुनुपर्ने बताउनुभयो ।
वडाअध्यक्ष केशवराज आचार्यले बालमैत्री अभियान सञ्चालन गरी वडालाई छिट्टै बालमैत्री घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको जानकारी दिनुभयो । उहाँले बालमैत्री घरपरिवार, समाज र विद्यालय बनाउन सबै अभिभावक, बालबालिका र शिक्षकहरु जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरकी महिला तथा बालबालिका समिति संयोजक पशुपति चौधरीले बालबालिकाका अधिकार संरक्षण गरी बालमैत्री वडा बनाउने कर्तव्य सबै वडाबासीको भएको बताउनुभयो ।
कार्यक्रममा बालमैत्री सहजकर्ता दुर्गालाल केसीले बालसंरक्षण र बालविवाह न्यूनिकरणबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिकाकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती विश्वकर्माले गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिहरुको सहभागिता थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस