घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिकाका वडाहरुलाई बालमैत्री बनाउन १६ बुँदे कार्ययोजना तयार गरिएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले शुक्रबार घोराहीमा आयोजना गरेको बालमैत्री सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा वडाको बालमैत्री कार्ययोजना तयार गरिएको हो ।

एक बर्षभित्र वडामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण, वडा बालमैत्री समिति गठन, प्रोफाइल, लगानी योजना, आबधिक योजना र स्थितीपत्र निर्मँण गर्ने कार्ययोजना तयार भएको घोराही उपमहानगरपालिकाकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख मोती बिश्वकर्माले बताउनुभयो । यसैगरी लैंगिक हिंशा सम्बन्धी सचेतना, बालक्लवहरुको  क्षमता विकास, किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा, मदिरा नियन्त्रण अभियान सञ्चालन गरी मदिरा बिक्री बितरण र सेवनको समय र स्थान तोक्ने योजना निर्माण गरेको उहाँले बताउनुभयो ।

यसैगरी समुदायमा महिला निगरानी समूहलाई सक्रिय बनाउने, बालाविवाहबिरुद्ध बिद्यालयमा सचेतना अभियान, बिद्यालयमा सेनेटरी प्याडको व्यवस्था र व्यवस्थापन, वडाको योजना छनौट प्रक्रियामा बालबालिका सहभागी गराउने, बिद्यालयमा बालमैत्री, लैंगिकमैत्री र सरसफाई सम्पर्क व्यक्ती तोक्ने कार्ययोजना बनाइएको छ । कार्ययोजना अनुसार सबै वडा अध्यक्षहरुले कार्यक्रम तय गरी बालमैत्री घोषणाको तयारी गरिने घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

बालमैत्री सहजकर्ताहरु विकिरण गौतम र दुर्गालाल केसीले बालमैत्री वडा घोषणा प्रक्रियाबारे जानकारी दिंदै कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । बालमैत्री वडा घोषणाका लागि हरेक वडाका समुदाय र बिद्यालयमा चेतनामुलक अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत सन्त बहादुर सुनार, उपमहानगरका शिक्षा महाशाखा प्रमुख श्रीप्रसाद भट्टराई र स्वास्थ्य महाशाखा प्रमुख नारायणप्रसाद घर्तीले बताउनुभयो । बालमैत्री समाज निर्माण गरी नमूना उपमहानगर बनाउने योजना बनाइएको उपमहानगरका प्रवक्ता भरत अर्यालले बताउनुभयो । कार्यक्रममा बाल क्लवका प्रतिनिधि गजाधर केसी र मावि बिजौरीका शिक्षक लालमणी खड्काले बालमैत्री वडा घोषणामा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस