दाङ, १६ कार्तिक । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा दाङ लगायत देशभरका शिक्षकहरुले स्थानीय तहमा धर्ना दिएका छन् ।

सोही क्रममा दाङका दशवटै स्थानीय तहका कार्यालयमा पुगेर शिक्षकहरुले दुईघण्टा धर्ना तथा विरोध कार्यक्रम गरेका थिए । विभिन्न २६ बुँदे माग राखेको नेपाल शिक्षक महासंघले पहिलो चरणको कार्यक्रम असोज २१ गतेदेखि शुरु गरेको थियो । पहिलो चरणको काम कात्तिक १५ गतेका दिन सकिएपछि दोस्रो चरणका कार्यक्रम अन्तरगत गाउँ तथा नगरपालिकामा धर्ना दिने कार्यक्रम गरिएको थियो ।

नेपाल शिक्षक महासंघको आह्वानमा शुरु भएको दोस्रो चरणको कार्यक्रम अन्तगत धर्ना दिइएको शिक्षक महासंघ दाङका अध्यक्ष अमर खड्काले जानकारी दिनुभयो । तेस्रो चरणको कार्यक्रम कात्तिक ३० गतेका दिन प्रत्ये क जिल्लामा हरेक शिक्षक तथा विद्यालय कर्मचारीले विहान १० बजेदेखि २ बजेसम्म धर्ना गरी विरोध सभागर्ने कार्यक्रम रहेको छ ।

आगामी मंसिर ७ गतेका दिन प्रदेशमा हरेक माविबाट तीन जना, निमाविबाट दुईजना र प्राविबाट एक जना शिक्षक विद्यालय कर्मचारी समेतको उपश्थितिमा जुलुस तथा विरोध सभा गर्ने कार्यक्रम रहेको छ । जसका लागि केन्द्रले हरेक प्रदेशमा पदाधिकारी तहबाट प्रतिनिधि तोकिने छ ।

शिक्षक महासंघले देशलाई आवश्यक पर्ने जनशक्ति उत्पादनमा महत्वपुर्ण भूमिका निभाए पनि शिक्षकहरुमाथी सरकारले सधै सौतेलो व्यवहार गरेको आरोप लगाएको छ । शिक्षकहरुले कुल गार्हस्थ उत्पादनको चार प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्च गरीनुपर्ने, आधारभूत तहसम्मको शिक्षा अनिबार्य र माध्यामीक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने, बिद्यालय शिक्षाको सुधार संबिधान अनुसार गरीनुपर्ने, संघीय शिक्षा ऐन संसोधन , सरकार संग बिगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरीनुपर्ने, शिक्षकहरुलाई प्रकृया पुरागरी स्थायी गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस