घोराही, २० कार्तिक । घोराही उपमहानगरपालिकाले तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान गरेको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा मंगलबार कार्यालयमै कार्यक्रम गरी जनप्रतिनिधि र कर्मचारीहरुको बीचमा शुभकामना आदानप्रदान गरिएको हो ।
नगर प्रमुख चौधरीले सबैलाई शुभकामना दिँदै नगरको समृद्धिमा सकारात्मक सोच र सहकार्यमा जोड दिनुभयो । जनप्रतिनिधि र कर्मचारीहरुकै सहकार्यमा नगरलाई विकास गर्न सकिने भन्दै उहाँले चाडपर्वहरुले आपसमा एकता र सद्भाव कायम गर्न सकोस् भनी शुभकामना दिनुभयो ।
त्यसैगरी उपमहानगरपालिकाका उपप्रमुख सीता सिग्देल न्यौपानेले पनि शुभकामना दिँदै सबैको सुख, शान्ति, समृद्धि र प्रगतिको कामना गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सन्तबहादुर सुनारले पनि शुभकामना दिँदै हातेमालो गरेर नगरलाई समृद्ध बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2018/11/Tihar-1.jpg)
कार्यक्रमको सहजीकरण ठाकुर खनालले गर्नुभएको थियो । नगर प्रमुख चौधरीले जनप्रतिनिधि र कर्मचारीहरुलाई पुष्पगुच्छाहरु प्रदान गरेर शुभकामना दिनुभयो ।
![](https://www.sancharonline.com/wp-content/uploads/2024/07/Tribeni-Salyan.jpg)
![](https://www.sancharonline.com/wp-content/uploads/2022/03/Darma-Police.jpg)