दाङ, १२ मंसिर । बबई गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समिति संयोजक साबित्रा बिश्वकर्माले लैंगिक हि‌ंसा अन्त्य गर्न महिलाहरु नै सक्रिय हुनुपर्ने बताउनुभएको छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत बुधबार बबई गाउँपलिकाको गंगटेमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष बिश्वकर्माले यस्तो बताउनुभएको हो ।

उहाँले लैंगिक हिंसाको अन्त्यका लागि सबैभन्दा पहिला आफू सचेत रहे परिवारलाई लैंगिक हिंसाबारे स्पष्ट पार्न सकिने र लैंगिक हिंसामुक्त समाज निर्माण गर्न सकिने बताउनुभयो । कार्यक्रममा स्थानीयस्तरमा हुने गरेको लैंगिक हिंसाबारे छलफल तथा अन्तक्रिया भएको थियो ।

कार्यक्रम बबई गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख खीमा खड्काको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा अध्यक्ष खडक कवँर, न्यायिक समिति सदस्य शान्ता बिक, रेडियो हापुरेका स्टेशन म्यानेजर बालकृष्ण पाण्डेले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन न्यायिक समिति सदस्य लीला भण्डारीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस