घोराही, १६ मङ्सिर । घोराही उपमहानगरपालिका वडा नं. २ मा वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । कविता सुनारको अध्यक्षतामा २५ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो ।

जसको उपाध्यक्षमा वासना गिरी, सचिवमा सन्दिप जि.एम., उपसचिवमा सन्दिप सुनार, कोषाध्यक्षमा हर्षिता पोख्रेल चयन हुनुभएको छ ।

सञ्जालका सदस्यहरुमा विक्रम भण्डारी, करुणा चौधरी, निशा पोख्रेल, सविन चौधरी, फलार चौधरी, रोशिका रिजाल, हिमाल जिसी, बेगमबहादुर सुनार, विनोद घर्ती, पूर्णिमा केसी, पदमा रेग्मी, सम्झना कवँर, उर्मिला विक, पुण्य सुवेदी, चुमान विक, निशा चौधरी, नितेश अधिकारी, वर्षा पोख्रेल, सुलभ पौडेल, हेमन्त पौडेल रहनुभएको छ ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि महिला तथा बालबालिका संयोजक पुशुपती चौधरीले वडाका सम्पूर्ण बालबालिकाहरुको प्रतिनिधित्व बाल सञ्जालले गर्नुपर्ने बताउनुभयो । वडामा रहेका सम्पूर्ण बालबालिकाहरुको संरक्षण एवं बालमैत्री वातावरण निर्माणमा बाल सञ्जाललाई सक्रिय रहन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष एवं वडा अध्यक्ष केशवराज आचार्यले वडा नं. २ का बालबालिकाहरुको समग्र एजेण्डाहरु अब बाल सञ्जालको काँधमा आएको बताउनुभयो । बाल सञ्जालसँगै समन्वय गरेर अगाडि बढ्न वडा आतुर रहेको बताउँदै उहाँले अब वडा मातहतका सम्पूर्ण संयन्त्रहरुमा बालबालिकाहरुको सहभागिता अनिवार्य बनाइने बताउनुभयो । बालबालिकाहरुको सर्वोत्तम हितलाई ध्यानमा राखेर वडाले बालबालिका लक्षित कार्यक्रमहरु तय गर्ने उहाँको भनाइ थियो । बालमैत्री वडा घोषणाको अभियानमा वडा अगाडि बढेको भन्दै उहाँले बालबालिकाहरुलाई परिवार, समाज एवं आफ्नो वडाभित्र बालमैत्री वातावरण निर्माणका लागि कुनै कसर बाँकी नराख्ने धारणा राख्नुभयो ।

उक्त अवसरमा वडा सदस्यहरु यमा पुन, हिमा विक, टार्जन खड्कालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । सामाजिक परिचालक मञ्जु खनालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राधा रिजालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस