घोराही, १६ मंसिर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएका निर्मला पन्तको न्यायका लागि दाङमा प्रदर्शनमा उत्रिएका विप्लव नेतृत्वको नेकपाका ७ जना कार्यकर्तालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।
लमहीमा न्यायका लागि प्रर्दशन गरिरहेका नेपाल कम्युनिष्ट पार्टी दाङका जिल्ला सचिवालय सदस्य किरण डाँगी, एकराज चौधरी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रितिमा चौधरी लगायत अन्य ४ जनासहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरिक्षक अरुणकुमार सिंहको नेतृत्वको प्रहरी टोलीले प्रदर्शनमा उत्रिएका ७ जनालाई पक्राउ गरेको हो । निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्दा पनि सरकारले दोषीलाई कानुनी दायरामा ल्याउन नसकेको भन्दै नेकपाले देशभर प्रदर्शन गरेको छ ।
नेकपाले जिल्लाका घोराही, तुलसीपुर र भालुबाङमा पनि न्यायको माग गर्दै प्रदर्शन गरेको छ । घोराहीको बिपी चोकबाट प्रदर्शन गर्न लागेको बेला प्रहरीले रोकेपछि त्यहीँ कोणसभा गरेका थिए ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस