घोराही, १४ पुस । रोटरी क्लब अफ दाङले घोराहीमा मुटु रोगको उपचारका लागि अस्पताल स्थापना गर्न प्रक्रियालाई अघि बढाउने निर्णय गरेको छ । क्लबको घोराहीमा बसेको नियमित बैठकले मुटु रोगका बिरामीहरुको उपचारका लागि क्याथ ल्याव स्थापनाको योजनालाई पारित गर्दै आवस्यक प्रक्रियाहरुलाई अघि बढाउने निर्णय गरेको हो ।

क्लबका अध्यक्ष डा. निरन्जन आचार्यको अध्यक्षतामा बसेको बैठकले मुटुरोगको उपचारका लागि अस्पताल स्थापना गर्न सरोकारवालाहरुसँग बृहत छलफल र समन्वयनको कामलाई अघि बढाउने निर्णय समेत गरेको छ ।

साथै बैठकले आधारभूत विद्यालय सवारीकोटको बाल विकास कक्षालाई आवस्यक पर्ने शैक्षिक सामगीरिहरु उपलब्ध गराउने र त्यसको समन्वयका लागि शरद अधिकारीलाई संयोजकको जिम्मा दिएको छ ।

त्यसैगरी, विद्यालयहरुमा सेनेटरी प्याडको वितरण, फिल्टर प्रदानको कामलाई पनि छिट्टै अघि बढाउने निर्णय गरेको रोटरीका महासचिव रजिबउल्लाह खानले जानकारी दिनुभयो ।

साथै रोटरीले राप्तीपोष्ट राष्ट्रिय दैनिकका प्रकाशक सम्पादक शदर अधिकारी, रेडियो मध्यपश्चिमका सम्पादक निमुसंगम घर्ती, जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, प्रदीप मजगैयाँ, चेतनारायण पाण्डे, गजेन्द्र बर्मा, प्रदीप सुवेदी र निष्ठा न्यौपानेलाई सम्मानसहित कदर पत्र प्रदान गरेको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस