घोराही, २२ चैत्र । सहकारी डिभिजन कार्यालय दाङको मातहतमा रहेको सहकारी संस्थाहरु अब स्थानीय तहमा हस्तान्तरण हुने भएका छन् । जिल्लामा रहेका ६ सय ४७ सहकारी संस्थाहरु आगामी वैशाख दोस्रो हप्ताभित्र स्थानीय तहहरुमा हस्तान्तरण हुने भएका हुन् ।
त्यसपछि सहकारी दर्ता, नवीकरण, अनुगमन, नियमन र प्रवर्द्धनको सबै काम स्थानीय तहबाटै हुने सहकारी डिभिजन प्रमुख विनोदकुमार पौडेलले जानकारी दिनुभयो । दाङका दश स्थानीय तहबाटै सहकारीको सबै काम हुने भएपछि सेवाग्राहीलाई जिल्ला धाउनु झन्झट हट्ने छ ।
सहकारी डिभिजन कार्यालय दाङका अनुसार सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा २ सय २५ र सबैभन्दा कम राजपुर गाउँपालिकामा १३ वटा सहकारी संस्था रहेका छन् । तुलसीपुर उपमहानगरपालिकामा १ सय ७१, लमही नगरपालिकामा ६३, राप्ती गाँउपालिकामा ३६, गढवा गाँउपालिकामा ४६ वटा सहकारी संस्था रहेका छन् ।
त्यस्तै बबई गाउँपालिकामा १८, शान्तिनगर, दङ्गीशरण र बङ्गलाचुली गाउँपालिकामा २५/२५  वटा सहकारी संस्था रहेको प्रमुख पौडेलले बताउनुभयो । दाङमा बचत तथा ऋण, कृषि, विद्युत, स्वास्थ्य, बहुउद्देश्यीय, तरकारी, बीउ उत्पादन, पशुपालन, दुग्ध, माहुरीपालन र सामाजिक उद्यमीलगायतका सहकारी संस्थाहरू सञ्चालित छन् ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस