घोराही, ९ वैशाख । निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेशन प्रालिले यही वैशाख ११ गते घोराहीमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

घोराहीको कर्मचारी मिलनकेन्द्रको प्राङ्गणमा हुने कार्यक्रममा युवा पुस्तामाझ चर्चित गायक सोप्न सुमन र कमल खत्रीले सांगीतिक प्रस्तुति दिने वर्ल्डलिङ्क कम्युनिकेशन प्रालि दाङ शाखा प्रवन्धक आकाश सापकोटाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा वर्ल्डलिङ्कका नयाँ नयाँ अफरहरुको बारेमा जानकारी र विभिन्न रमाइलो खेल समेत खेलाइने छ ।

आगामी मङ्गलबार बेलुकी ४ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने कार्यक्रममा प्रवेश निःशुल्क रहेको प्रवन्धक सापकोटाले जानकारी दिनुभयो । उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुतिसँगै नेट जडान बुकिङमा विशेष छुट र वर्ल्डलिङ्कको बारेमा जानकारी दिइने शाखाले जनाएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस