घोराही, २४ वैशाख । राजस्व अभिवृद्धि योजना बनाउनका लागि घोराही उपमहानगरपालिकाको आयोजनामा चारदिने कार्यक्रम सुरु भएको छ । उपमहानगरपालिकाको आयोजना र कमिटेड कमलादी काठमाडौँको सहयोगमा राजस्व अभिवृद्धि योजना निर्माणसम्बन्धी चारदिने कार्यक्रम सुरु भएको हो ।
उपमहानगरपालिकाका कार्यवहाक नगरप्रमुख सीता न्यौपानेको अध्यक्षतामा कार्यक्रमको सुरुवात भएको हो । उपमहागनगरले संकलन गर्ने राजस्वलाई पारदर्शी बनाउने उद्देश्यले जनप्रतिनिधिसहित व्यवसायीहरुको समेत सहभागितामा कार्यक्रम सुरु भएको हो ।
सरकारलाई बुझाउनुपर्ने करलाई अनिवार्य र पारदर्शी बनाउन आवस्यक रहेकोमा सहभागीहरुले जोड दिएका छन् । कार्यक्रमको सहजीकरणमा कमिटेडका कन्सल्टेन्ट राम क्षेत्री, निग्मा ताम्राकार र कमिटेडका खेचरनाथ आचार्य रहनुभएको छ ।
कर उठाउनु पर्ने क्षेत्रलाई अनिवार्य नियमन गर्दै कर संकलनमा जिम्मेवार र जवाफदेही बनाउन स्थानीय सरकारले कर सचेतना फैलाउन आवस्यक देखिएको समेत वक्ताहरुले बताएका छन् ।
अहिले पनि कतिपय क्षेत्रहरुबाट कर छलि हुने गरेको भन्दै त्यसलाई अनिवार्य गर्दै राजस्वको अभिवृद्धि गर्न योजना निर्माण आवस्यक भएको उनीहरुको भनाइ छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस