घोराही, १४ जेठ । घोराही उमहानगरपालिका वडा नं. १ को सहयोग तथा बुन एकेडेमीको संयोजनमा आधारभूत कम्प्युटर तालिम समापन गरिएको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष राममणि पाण्डेको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाकी उपप्रमुख सीता न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले प्राप्त सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गरेका थिए । आत्मनिर्भर बन्न यस्ता तालिमको आवस्यकता पर्ने भन्दै प्रमुख अतिथि न्यौपानेले सीपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभएको थियो ।
सो अवसरमा घोराही उपमहानगरपालिकाका १ का सचिव पदमप्रसाद रेग्मी, कार्यक्रम संयोजक भोजराज सुवेदीलगायतले बोल्नुभएको थियो । प्रशिक्षक निमकान्त डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वुन एकेडेमीका निर्देशक सुरेन्द्र रिजालले गर्नुभएको थियो । यसैबीच सोही अवसरमा व्यवसायिक तथा सीप विकास तालिम केन्द्र तुलसीपुरको सहयोगमा सञ्चालन गरिएको होटेल वेटर तालिम पनि समापन गरिएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस