घोराही, १४ जेठ । आइतबार र सोमबार रोकिएको नदीजन्य वस्तुको उत्खनन् पुनः मंगलबारदेखि खुलाइएको छ । जिल्लाका विभिन्न स्थानबाट अवैध उत्खनन् बढेको गुनासो बढेपछि प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले दुईदिन उत्खनन रोक्नुभएको थियो । तर आर्थिक सकिन लागेको र नदीजन्यवस्तुको उत्खनन् रोकिदा विकासका काम प्रभावित भएको भन्दै जिल्ला समन्वय समिति, जिल्लाका स्थानीय तह, राजनीतिक दलको सोमबार घोराहीमा बसेको सर्वपक्षिय बैठकले उत्खनन् खोल्ने निर्णय गरेको हो ।
बैठकले सरकारी केन्द्रीय योजना र स्थानीय तहको विकासका लागि योजना स्टिमेटसहितको प्रमाणको आधारमा नदीजन्य वस्तुको उत्खनन् तथा ओसारपसारमा अनुमति प्रदान गर्ने र त्यहाँ हुने चोरी निकासीको नियन्त्रण गर्न सम्वन्धित पालिका तथा सबै सरोकारवाला पक्षले भूमिका खेल्ने निर्णय भएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख जीतेन्द्रमान नेपालीको अध्यक्षतामा भएको बैठकमा प्रदेसभा सदस्य उत्तरकुमार ओली, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता श्याम डाँगी, लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी, बबई गाउँपालिकाका प्रमुख भुवनेश्वर पौडेल, शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी, राप्ती गाउपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाली काँग्रेस दाङका सचिव शंकर डाँगी, प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, प्रहरी प्रमुख दुर्गा सिंहलगायतको सहभागिता थियो । बैठकको सहजीकरण जिससका उपप्रमुख श्रीधर शर्माले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस