दाङ, १९ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बढेको मूल्यअनुसार पेट्रोल, डिजेल र मट्टितेल सबैमा प्रतिलिटर ३ रुपैयाँका दरले  मूल्य बढेको छ ।

अब पेट्रोल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । त्यसैगरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ पुगेको छ । बढेको मूल्य शनिबार राति १२ बजेबाट लागु हुने अायल निगमले जनाएकाे छ ।

भारतीय आयल कर्पोरेशनले शुक्रबार नयाँ मूल्यसूची पठाएपछि यहाँ पनि मूल्य समायोजन गरिएको आयल निगमले जनाएको छ ।अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार बृद्धि भइरहेको छ ।

निगमले प्रत्येक १५/१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो । नयाँ मूल्यअनुसार भारतमाभन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र  डिजेल २४ रूपैयाँ सस्तो छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस