घोराही, २१ जेठ । दाङबाट ६ वर्षको अवधिमा ५० हजार बढी युवा वैदेशिक रोजगारीमा गएका छन् । २०६८ सालदेखि  २०७४  सम्ममा दाङबाट ५३ हजार ७ सय ४७ जना वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासनका लागि सामी परियोजना परामर्श केन्द्र प्रमुख किरण पोख्रेलले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०६८/६९ मा ५ हजार ७९ जना युवा वैदेशिक राजेगरीमा गएका थिए । त्यस्तै आर्थिक वर्ष २०६९/७० मा ८ हजार १ सय ९९, आर्थिक वर्ष २०७०/७१ मा १० हजार १ सय ३९ जना र आर्थिक वर्ष २०७१/७२ मा १० हजार ६ सय ३१ जना युवा रोजगारीका लागि विदेशिएका छन् ।
त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ८ हजार ५ सय ५ जना, २०७३/७४ मा ११ हजार १ सय ९४ युवाले वैदेशिक रोजगारीको लागि श्रम स्विकृति लिएको सरकारी तथ्याङ्कमा उल्लेख छ । यसरी वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत महिला रहेको परियोजनाले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि जाने दाङका ९० प्रतिशत युवाहरुको गन्तव्य मलेशिया बन्ने गरेको छ । त्यसपछि युएई, कतार, साउदी अरब, ओमन, बहराइन लगायतका देश वैदेशिक रोजगारीमा जाने युवाहरुको गन्तव्य बन्ने गरेको छ ।
त्यस्तै रोजगारीका लागि भारत पनि गन्तव्य स्थान भए पनि यसको तथ्याङ्क छैन । प्रदेश नम्बर ५ बाट वैदेशिक रोजगारीमा जाने जिल्लामध्ये दाङ दोस्रो जिल्लाको रुपमा परेको छ । प्रदेश नम्बर ५ का १२ जिल्ला मध्ये वैदेशिक रोजगारीमा जाने पहिलो जिल्ला रुपन्देही र दोस्रोमा दाङ रहेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस