घोराही, २८ जेठ । दाङको घोराहीमा नक्कली रुपैयाँको कारोबार हुने गरेको फेला परेको छ । घोराहीको एक भाँडा पसलले भारतीय रुपैयाँ साट्दा नेपाली ५ सय रुपैयाँ नक्कली नोट दिएपछि यस्तो तथ्य बाहिर आएको छ ।
घोराही उपमहानगरपालिका १४ नयाँ बजारमा रहेको ओम भाँडा पसलका सञ्चालक अजय गुप्ता र अमित गुप्ताले बङ्गलाचुली गाउँपालिका वडा नम्बर २ मर्पेस निबासी फुर्सी पुनलाई सोमबार ५ सयका १२ वटा नक्कली नोट दिएका थिए ।
छोराले भारतबाट पठाएको साढे ७ हजार रुपैयाँ भारु सटहीका लागि फुर्सी उक्त भाँडा पसलमा गएको र उनीहरुले ५ सयका १२ वटा नक्कली नोट दिएका थिए । उक्त पैसाले घोराही १८ मसिनाका बमबहादुर कवरसँग बालुवा किन्ने क्रममा नक्कली नोट भएको थाहा भएको हो ।
उक्त नक्कली नोट दिने अजय र अमितले भने आफूहरुलाई पनि उक्त नोट ग्राहकले दिएको दावी गरेका छन् तर उनीहरुले बिक्री गरेको समानको बिल नभएको बताएका छन् । उनीहरुलाई वडा प्रहरी कार्यालयले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस