दाङ, २९ जेठ । दाङको घोराही उप–महानगरपालिका वडा नम्बर ७ मा वस्तीस्तरीय योजना छनौट सुरु भएको छ । वडा तथा नगरस्तरबाट आगामी आर्थिक वर्ष २०७५/०७६ मा सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि वस्तीस्तरीय योजना छनौट थालिएको वडा अध्यक्ष खोपीराम चौधरीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्षका लागि वस्तीस्तरीय योजना छनौट गर्दा कृषि र सिँचाईलाई बढी प्राथमिकता दिइएको छ । चालु आ.व. २०७४/०७५ मा सडकलाई प्राथमिकता दिइएको थियो । वस्तीस्तरीय योजना छनौट अन्तरगत आज कनरिया, हनरिया र सिसहनियाँमा योजना छनौट गरिएको छ । कनरिया टोल विकास संस्थाका अध्यक्ष अमृता विकको अध्यक्षतामा भएको वस्तीस्तरीय भेलाले कृषि, सिँचाई, सडक, खानेपानी गरी ५ वटा योजना छनौट गरेको छ ।
यस्तै वसन्त चौधरीको अध्यक्षतामा सिसहनियाँमा सम्पन्न भेलाले पनि लिफ्ट सिँचाई योजना, सडकलगायतका योजना छनौट गरेको छ भने हनरियामा टोल विकास संस्थाका अध्यक्ष क्रिमलाल चौधरीको अध्यक्षता तथा वडा सदस्य छन्दबहादुर केसीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले पनि विभिन्न योजना छनौट गरेको छ ।
भेलाको सहजीकरण वडा सदस्य छन्दबहादुर केसी, वडा सचिव चन्द्रबहादुर केसी र सामाजिक परिचालक बिमल योगीले गर्नुभएको थियो ।  हालसम्म वडा नम्वर ७ को ७ वटा टोलमा योजना छनौट कार्य सम्पन्न भैसकेको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस