घोराही, ९ असार । स्वर्गद्वारी टिप्पर व्यावसायी समिति प्रालिमा जाने भएको छ । समितिको शनिवार सम्पन्न विशेष भेलाले यस्तो निर्णय गरेको घोराहीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । समितिका अध्यक्ष भरतनाथ योगीले पत्रकार सम्मेलनमार्फत निर्णय सार्वजानिक गर्दै राज्यले लागु गरेको नीति नियमको पालना गर्न समिति तयार रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा टिप्पर व्यावसायीहरुले  प्रहरी प्रशासनले दमन र अनावश्यक दवाव दिने गरेको भन्दै स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग  गरेका छन् ।  प्रहरी र ट्राफिक प्रहरीले व्यवसायीलाई धरापमा पार्नेगरी दमन र दबाब दिने गरेको भन्दै समितिले सहजरुपमा व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्न अपिल समेत गरेको छ ।  यो वा त्यो वहानामा ट्राफिक प्रहरीले  टिप्पर राख्ने वा प्रत्येक पटकको ढुवानीमा जरिवाना शुल्क असुली गर्दै आइरहेको भन्दै उनीहरुले यसखालको प्रवृत्ति रोक्न सम्वन्धित पक्षसँग माग गरेका छन् ।
दाङमा हाल करिव दुईसय टिप्पर सञ्चालनमा रहेका छन । समितिले  टिप्पर सञ्चालन, व्यवस्थापन र दुर्घटना न्युनीकरणका लागि प्रशिक्षण समेत गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । त्यस्तै साँघुरो सडक सुधारका लागि समितिले सम्वन्धित पक्षको ध्यानाकर्षण समेत गराएको  छ । कार्यक्रममा नेपाल  पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले प्रालिमा जाने समितिको निर्णयको स्वागत गर्दै राज्यले व्यवसायीहरुलाई सहजरुपमा व्यवसाय सञ्चालनका लागि वातावरण तयार गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रमको सहजीकरण  पत्रकार शरद रेग्मीले गर्नुभएको थियो ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस