घोराही, २० असार । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी घोराही शाखाले चार हजार रुपैयाँ तिरेर बिमा गराएका तुलसीपुर १८ दूधरासका रुद्रवीर ठकुरीको परिवारलाई १३ लाख रुपैयाँ प्रदान गरेको छ । वैदेशिक रोजगारीमा जाने क्रममा बिमा बनाएका विमलाका श्रीमान रुद्रवीर ठकुरीको ४८ वर्षको उमेरमा दूधरासस्थित आफ्नै घरमा मृत्यु भएपछि उहाँको बिमा बापतको रकम शाखाले प्रदान गरेको हो ।

मृतक रुद्रवीरको वैदेशिक रोजगार म्यादी जीवन बीमा अन्तर्गतको उक्त रकम इन्स्योरेन्सका शाखा प्रमुख वसन्त अधिकारी र वरिष्ठ एजेन्सी म्यानेजर माधव भण्डारीले हस्तान्तरण गर्नुभएको हो । न्यूनतम ५ लाखदेखि १० लाखसम्म बिमा गर्न सकिने र एकपटक मात्र रकम तिरे यो बिमा गराउँदा ठकुरीले चार हजार दुई सय ७८ रुपैयाँ तिर्नुभएको थियो । ठकुरीको विमाङ्क रकम १० लाख, किरिया खर्च १ लाख, अतिरिक्त आयको नोक्सानी वापत २ लाख गरी १३ लाख रुपैयाँको चेक रुद्रवीरकी श्रीमती विमला ठकुरीलाई हस्तान्तरण गरिएको इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख अधिकारीले बताउनुभयो ।

वैदेशिक रोजगारीमा जाँदा यो बीमा अनिवार्य बनाउनु पर्ने प्रावधान रहेको छ । बिमा अवधिभित्र बिमितको मृत्यु स्वदेश या बिदेश जहाँ रहे पनि रकम पाइन्छ । बिमितको मृत्युको प्रकृतिअनुसार अधिकतम १७ लाखसम्म बिमा कम्पनीले रकम भुक्तान गर्ने शाखा प्रमुख अधिकारीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस