घोराही, ३ पुस । फोर्ड गाडीको आधिकारिक बिक्रेता अटोमार्ट घोराहीबाट कार खरिद गरेका घोराही एक व्यवसायीलाई स्विजरल्याण्ड घुम्ने बम्पर उपहार परेको छ ।
घोराहीको मेनरोडमा रहेको अटोमार्टबाट फोर्ड इको स्पोर्टस कार खरिद गर्नुभएका घोराही न्यूरोडमा न्यू ज्योति बस्त्रालयका सञ्चालक युवराज पन्तलाई बम्पर उपहारस्वरुप स्विजरल्याण्ड घुम्ने अवसर प्राप्त भएको हो ।
२०७५ सालको दशैँतिहार बम्पर उपहार योजनामा पन्तलाई स्विजरल्याण्ड घुम्ने अवसर प्राप्त भएको अटोमार्टका सञ्चालक विपिन श्रेष्ठले जानकारी दिनुभयो । पन्तसहित देशैभरीका गरि ५ जनालाई उक्त अवसर प्राप्त भएको हो ।
जिओ अटो मोवाइल थापाथलीले उहाँहरुलाई ५ दिनको प्याकेजमा घुमाउन स्विजरल्याण्ड लग्ने श्रेष्ठको भनाई छ । अटो मार्ट घोराहीले बार्षिक ६० देखी ७० वटा २६ लाख देखी १ करोड ७२ लाख रुपैयाँ सम्मका कारहरु बिक्रि गर्दै आएको जनाएको छ ।
Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस