तुलसीपुर, फागुन २३ । तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि बबई नदी किनारमा ‘‘मेयर कप बिच भलिबल प्रतियोगिता’ शुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले खेल आयोजना गरिएको उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले बताउनुभयो ।

‘बिच भलिबल’ले पर्यटन प्रबद्र्धनमा भूमिका खेल्ने उहाँले बताउनुभयो । नगरलाई खेल शहरका रुपमा विकास गर्ने योजना रहेको पाण्डेले बताउनुभयो । नदीलाई पर्यटन विकासमा उपयोग गर्न नयाँ कामको थालनी गरिएको पाण्डेले बताउनुभयो ।

खेल उद्घाटन गर्दै प्रदेश नं। ५ का मुख्यमन्त्री शंकर पोख्रेलले खेलले अनुशासित र सभ्य नागरिक निर्माण गर्न सघाउ पुर्‍याउने बताउनुभयो । खेल अनुशासित नागरिक तयार पार्ने माध्यम भएको उल्लेख गर्दै उहाँले यसले समूहमा काम गर्न सिकाउने बताउनुभयो ।

दाङको तुलसीपुरमा आयोजित मेयर कप बिच भलिबल प्रतियोगिता उदघाटन कार्यक्रममा बिभिन्न झाँकीसहित सहभागी बिभिन्न बिद्यालयका बिद्यार्थी तथा कलाकारहरु ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार बिष्टले दाङलाई ‘बबई बिच खेल’को केन्द्रका रुपमा विकास गर्ने बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको महिला/पुरुषतर्फ विजेता, उपविजेता र तृतिय हुने टिमले क्रमशः नगद २५, १५ र १० हजारसहित कप, मेडल, प्रमाणपत्र हात पार्ने उपमहानगरपालिको जानकारी दिएको छ ।

आज नक आउटको आधारमा खेलिएका चार खेलमा चार वडाले विजयी शुरुवात गरेका छन् । जसमा वडानं। ६ लाई २१–९, २१–१२ को सोझो सेटमा पराजित गर्दै वडानं। १८ विजयी भयो ।यसैगरी वडा नं‍. ८ लाई १९–२१, २१–१२ र १५–११ अर्थात् दुई एकको सेटमा पराजित गरी वडानं। १५ विजयी भएको छ । १७ नं. वडालाई २१–९ र २१–१२ को सोझो सेटमा पराजित गरी वडानं। १२ विजयी भएको छ ।

यस्तै २ नं. वडालाई २१–११ र २१–१३ को सोझो सेटमा पराजित गरी ११ नं. वडा विजयी भएको छ । बिहिबार वडा नं. १६ र १० को पहिलो तथा १ र १३ को दोस्रो खेल हुने खेलकूद पत्रकार संघका अध्यक्ष लक्ष्मण बस्नेतले जानकारी दिनुभयो ।

खेलमा १७ पुरुष र १० महिला समूह सहभागी भएको उनले बताए । हरेक टिममा २/२ जना खेलाडी रहेका छन् ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस