घोराही, २६ फागुन । जेसिज कप क्लबस्तरिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा युएनबिसी ४१ रनले विजयी भएको छ । गुलरिया क्रिकेट मैदानमा शनिवार भएको खेलमा पुरन्धारा क्रिकेट क्लबलाई हराउँदै युएनबिसीले विजयी सुरुवात गरेको हो ।

टस जितेर व्याटिङ गरेको युएनबिसीले निर्धारित २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १ सय ६८ रन जोडेको थियो । युएनबिसीका सुजन पुनले ३९, राजविर सिंहले ३२ र सञ्जु पुनले १८ रन जोडे । त्यस्तै पुरन्धारा क्रिकेट क्लबका अमन वलीले २, पुरन विकले १ विकेट लिएका थिए ।

१६९ रनको विजय लक्ष्य पछ्याएको पुरन्धारा क्रिकेट क्लबले पूरा ओभर खेल्दै १ सय २७ रनमा समेटियो । पुरन्धाराका सदाव अन्सारीले सर्वाधिक ४५, विराज भण्डारीले ३१ र सोनु वलले १३ रन बनाए । प्रतियोगितामा ३९ रन जोड्ने युएनबिसीका सुजन पुन म्यान अफ द म्याच घोषित भए ।

आइतबार पहिलो खेल धनगढी क्रिकेट एकेडेमी र घोराही क्रिकेट क्लब एकेडेमी तथा दोस्रो खेल इन्द्रेणी क्रिकेट क्लब र योङगन्सबीच हुनेछ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस