दाङ, २३ फागुन । अन्तर्राष्ट्रिय महिला दिबसको सन्दर्भमा विहीबार घोराहीमा नेकपा निकट महिला संगठनहरुले अन्तरक्रिया कार्यक्रम आयोजना गरे । नेकपा एमाले निकट अनेमसंघ र माओवादी निकट महिला संघ क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका थिए ।

महिला संघकी अध्यक्ष हुमा डिसीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले महिलाहरुले राजनीतिक रुपमा अधिकार पाएको भएपनि व्यवहारिक रुपमा कार्यान्वयन नभएको भन्दै गुनासो गरेका थिए । बक्ताहरुले नेपालमा अधिकारको सवालमा महिलाहरु निरास हुनुपर्ने अवस्था नरहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै नेकपाकी केन्द्रीय सदस्य नारायणि शर्मा प्रतिक्षाले संविधानमा भएका अधिकारलाई उपयोग गर्दै थप अधिकारको खोजि गर्नुपर्ने बताउनुभयो । उहाँले महिलाले पाएका जिम्मेवारी पुरा गर्न सक्ने भन्दै पाएको जिम्मेवारी पुरा गर्नका लागि सहयोग गर्ने दायित्व पुरुषहरुको पनि रहेको बताउनुभयो । उहाँले निर्वाचन लगायत अन्य मोर्चामा प्रतिष्पर्धामा जानका लागि आफूहरु तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपा दाङका कार्यदल सदस्य टिकाराम खड्का, अर्का सदस्य सुवास पुन, नेकपाका प्रदेश कमिटी सदस्य लक्ष्मण आचार्य र तुलसा केसी, नेकपा दाङका सुरामणि बेल्वासे, तुलसीपुर उपमहानगरपालिकाकी उप प्रमुख माया आचार्य, महिला संघकी केन्द्रीय सल्लाहकार मेनका पोखरेल लगायतले बोल्नुभएको थियो । एक सय नवौं श्रमिक महिला दिवसको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको थियो ।

महिलाहरुलाई सम्मान गरिने
उता तुलसीपुर उपमहानगरपालिकाले विभिन्न क्षेत्रमा सक्रियतापूर्वक काम गरिरहेका महिलाहरुलाई सम्मान गर्ने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर समाजमा अग्रणी भूमिका खेलेका महिलाहरुलाई उत्प्रेरणाका लागि सम्मान गर्न लागिएको उपप्रमुख माया आचार्यले वताउनुभयो ।

खेलकुद, शिक्षा, पत्रकारिता, राजनीति, समाजसेवा लगायतका विभिन्न क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मान गरिने पनि आचार्यले वताउनुभयो । उहाँले महिला सशक्तिकरण बारेमा अन्तक्र्रिया कार्यक्रम समेत गर्न लागिएको जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिकाबाट विहान १० वजे र्‍याली शुरु गरेर ११ वजे कार्यक्रम शुरु हुने पनि उपप्रमुख आचार्यले वताउनुभयो । कार्यक्रममा उपस्थितिका लागि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस