घोराही, २८ फागुन । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका पर्यटकिय सम्पदाहरुको अध्ययन तथा पहिचान गर्न थालेको छ । नगरको पर्यटन शाखाले पर्यटकिय क्षेत्रको विकासका लागि अध्ययन र पहिचान गर्न थालेको हो ।

नगर स्तरीय पर्यटन प्रर्बदन समितिका पदाधिकारी सहित जनप्रतिनिधी र कर्मचारीको टोलीले १९ वटै वडाका पर्यटकिय सम्पदाहरुको अध्ययन थालेको छ । यसैक्रममा घोराही उपमहानगरपालिका वडा नम्बर ५ को सुनकोट र वडा नम्बर १३ को मौलाकोटमा पुगेर अध्ययन अबलोकन गरेको छ ।

प्राचिन इतिहास बोकेका ति क्षेत्रहरुको विकासका लागि योजना बनाउन स्थलगत समिति अध्ययन थालेको हो । नगर प्रमुख नरुलाल चौधरी, संस्कृती तथा पर्यटन समिति संयोजक रमेशकुमार पाण्डे, पर्यटन शाखा प्रमुख बालकृष्ण खनाल सहित जनप्रतिनिधी र पर्यटन समितिका सदस्यहरुले ती दुई स्थानको अध्ययन अबलोकन गर्नुभएको हो ।

पर्यटन सम्बन्धी सम्भाव्य स्थानहरुको खोजी, पहिचान गरेर योजना बनाई कुन क्षेत्रमा कस्तो पूर्वाधार तयार गर्ने भन्ने योजना रहेको नगर प्रमुख चौधरीले बताउनुभयो । पर्यटन बाटै गाउँ गाउँको विकास गर्न सकिने भन्दै नगर प्रमुख चौधरीले त्यसैको अध्ययनका लागि नगर स्तरीय पर्यटन प्रोफाईल तयार गर्न लागिएको बताउनुभयो ।

पर्यटकिय क्षेत्रको विकास सँगै स्थानियहरुको आयस्तर बृद्धीमा बिषेश ध्यान दिएको उहाँको भनाई छ । पर्यटकिय क्षेत्रहरुको अध्ययन, पहिचान पछि पूर्वाधार विकासका कार्यक्रम तय गरिने भन्दै उहाँले त्यसैका लागि अध्ययन र खोजी गर्ने काम भैरहेको बताउनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस