घोराही, ६ चैत । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले होली पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । होलीको अवसरमा शुभकामना दिँदै सम्पूर्ण नगरबासी आमाबुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुख, शान्ति र सबृद्धिको कामना गर्नुभएको छ ।

होलीले एकआपसमा माया, प्रेम, स्नेह, सद्भाव र भाइचारको सम्बन्धलाई थप बलियो बनाओस भन्नुभएको छ । समाजका विविध सांस्कृतिक पर्वहरुले एकताबद्ध बनाई विकासमा समेत एकताको सूत्रमा बाँध्न सहयोग पुर्‍याउँदै आएको नगर प्रमुख चौधरीले उल्लेख गर्नुभएको छ ।

साथै पर्व मनाउने नाममा विभिन्न अबान्छित कार्यहरु पनि हुँदै आएको भन्दै त्यस्ता कार्यहरु नगरी सद्भाव र शान्तिपूर्ण ढंगबाट होली पर्वलाई मनाउन अपिल समेत गर्नुभएको छ ।

 

 

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस