घोराही, १८ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ७ ले परम्परागत कृषि पेशालाई अन्त्य गरी कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्यका साथ कृषकहरुलाई कृषि सचेतना तालिम दिएको छ । वडाका ३० जना कृषकहरुलाई तालिम दिइएको सामाजिक परिचालक विमल योगीले जानकारी दिनुभयो ।

दुईदिने तालिमको समापन कार्यक्रममा बोल्ने वक्ताहरुले परम्परागत कृषि पेशालाई आधुनिकीकरण गर्न सकेमा मनग्य आम्दानी गर्न सकिने बताए । अहिले पनि कृषि परम्परागत रुपमै भइरहेको भन्दै उनीहरुले कृषिमा आधुनिक प्रविधि एवं औजारहरुको प्रयोग भए उत्पादन बृद्धि हुने बताएका थिए ।

कृषि पेशालाई व्यावसायीकरण र मर्यादित बनाउन आधुनिक बीउबिजन तथा मेसिनरी सामग्री प्रयोग गर्नुपर्ने उनीहरुको जोड थियो । वडाका जेष्ठ सदस्य छन्दबहादुर केसीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा प्रशिक्षक कमल रेग्मी, वडा सदस्य गोमा नेपाली, वडा सचिव चन्द्रबहादुर केसी, सहभागी हिमलाल महरा, शान्ता चौधरी लगायतले बोल्नुभएको थियो ।

दुईदिनसम्म चलेको तालिममा ३० जनाको सहभागिता रहेको थियो भने तालिमका प्रशिक्षकहरुमा दीपक बुढाथोकी, कमल रेग्मीलगायत रहनुभएको थियो । तालिम समापन कार्यक्रमको सञ्चालन सामाजिक परिचालक विमल योगीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस