तिर्थराज ज्ञवाली

मसुरिया (देउखुरी), १५ जेठ । विकास निर्माण कार्य कुन अवस्थामा पुग्यो र कस्तो हुँदैछ वा भयो भनी राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरीको नेतृत्वमा बुधवार योजनाहरुको अनुगमन गरिएको छ ।

कस्तो मसला प्रयोग गर्नुभयो, कति सिचाईं गर्नुभयो, कति मोटो र बाक्लो सरिया राख्नुभयो भन्दै अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरी पिपरीको शंकर माध्यामिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सूर्यप्रकाश चौधरीलाई सोध्दै काम कहिले सकिन्छ ? भनी प्रश्न गर्नुभयो ।

बुधवार गरिएको अनुगमनमा पिपरीस्थित शंकर माध्यामिक विद्यालयको निर्माणाधिन भवन, पिपरीकै ईन्द्रेणी टोल र शंकर टोल जोड्ने सडकको स्तरोन्नति, सिसहनियाँ कमल रोडमा धुमुवा कुलोमा कल्भर्ट निर्माण, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम अन्तर्गत वडा नं ३ र ४ दोलाई खोला पुल नजिक तटबन्ध र बुढिचौर बस्ती बचाउ तटबन्धको अनुगमन गरिएको हो ।

अनुगमनमा राप्ती गाउँपालिकाकी उपाध्यक्ष अनुगमन समिति संयोजक जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, वडा नं ४ र ८ का वडा अध्यक्ष विष्णुबहादुर घर्ती क्षेत्री, गोकर्णबहादुर राना मगर, कार्यपालिका सदस्य तार चौधरी, असई विमला भट्टराई, भगवती चौधरी,सञ्चार संयोजक तीर्थराज ज्ञवालीलगायतको सहभागिता रहेको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस