दाङ, २९ जेठ । घोराही उपमहानगरपालिका वडानं. ११ को आयोजनामा आज खैरामा बालबालिकाहरुका लागि बालमैत्री स्थानीय शासन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

वडाका बिभिन्न टोलबाट सहभागी बालबालिकालाई घोराही उपमहानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख मोती बिश्वकर्मा र बालमैत्री प्रशिक्षक दुर्गालाल केसीले तालिम दिनुभएको थियो । वडा बाल संजालकी अध्यक्ष उषा कुँवरको अध्यक्षता र वडा अध्यक्ष कुल बहादुर लामिछानेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा सदस्य ज्ञानेन्द्र बहादुर बिसी र ईलाका प्रहरी कार्यालय नारायणपुरका ईञ्चार्ज भिमबहादुर सुनारले बालबालिकाको संरक्षणमा सबै जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

वडा सचिव अग्नीकुमार न्यौपानेले वडालाई बालमैत्री बनाउने योजना अनुसार बालमैत्री स्थानीय शासन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो । ५० हजार रुपैयाँको बालकोष स्थापना गरी जोखिममा रहेका बालबालिकाको संरक्षण गर्ने योजना बनाएको उहाँले बताउनुभयो । कोषमा रकम थप्दै जाने र बालबालिका सम्बन्धी समस्या समाधानमा सधैँ तत्पर रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण बाल क्लवका सदस्य कृष्ण वलीले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस