घोराही, ४ साउन । रोटरी क्लव अफ दाङले ‘सेवा कार्यक्रम’ (सर्भिस प्रोजेक्ट) सञ्चालन गर्ने भएको छ । सन् २०१९/२०२० का लागि अध्यक्ष हुन लाग्नुभएका तीर्थ पौडेलले शैक्षिक र सामाजिक क्षेत्रमा सुधार ल्याउनका लागि सेवा कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभएको हो ।

रोटरी दाङको नियमित बैठकमा अध्यक्ष पौडेलले घोराही उपमहानगरपालिकाका १९ वटै वडामा एक एक वटा विद्यालय छानेर शैक्षिक सुधारका लागि सहयोग गर्ने र बिभिन्न गाउँमा महिलाहरुको शसक्तिकरणका कार्यक्रम गर्ने योजना सार्वजनिक गर्नुभएको हो ।

सेवा कार्यक्रम अन्तरगत पहिलो चरणमा घोराही उपमहानगरपालिका ४ स्थित आधारभुत विद्यालय सवारीकोटमा शिशु कक्षाका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रि उपलब्ध गराउने गरी विद्यालय सँग रोटरीले सम्झौता समेत गरेको छ ।

सो कार्यका लागि रोटरीका अध्यक्ष तिर्थ पौडेल र विद्यालयका प्रधानाध्यापक बोधीप्रासाद पोख्रेल बिच सम्झौता भएको छ । साथै सोही विद्यालयमा खानेपानीका लागि ५ हजार लिटरको ट्यांकी सहयोग गर्ने समेत रोटरीले प्रतिबद्धता जनाएको छ ।

यसैविच घोराही ३ बेलुवा बन्जाडीका राजेन्द्रकुमार शर्माले रोटरी क्लव मार्फत आफ्ना बुवा शिबराज उपाध्यायको नाममा सवारीकोट विद्यालयलाई ५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।

यसैगरी, जनजाती महिलाहरुको जीवन स्तर सुधार, नेतृत्व विकास र उद्यमशिलतामा आकर्षित गर्ने गरी अभिुमखिकरण कार्यक्रम गर्ने पनि रोटरीले निर्णय र सम्झौता गरेको छ । जस्का लागि बेलुवा बन्जाडी सिचाई जल उपभोक्ता समितिका अध्यक्ष आशाराम थारुलाई सो कार्यक्रमका लागि पहिलो चरणमा ५ हजार रुपैयाँ सहयोग भएको छ ।

यसैविच यही साउन ११ गते रोटरी क्लव अफ दाङको सन २०१९/२०२० का लागि पद हस्तारन्तण हुने भएको छ । हालै कार्यकाल सकिएका रोटरीका अध्यक्ष डा. निरन्जन आचार्यले नवनिर्वाचित अध्यक्ष तिर्थ पौडेलको कार्य समितिलाई पद हस्तान्तरण गर्ने भएको हो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस