दाङ, १० साउन । ५ नम्बर प्रदेश लोकसेवा आयोगको अध्यक्षमा प्राध्यापक डिलाराम भट्टराई सिफारिस हुनुभएको छ ।आयोगकको पदाधिकारी सिफारिसमा मुख्यमन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति रहने कानुनी व्यवस्था रहेको छ। समितिमा प्रदेशसभाका सभामुख र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य रहने व्यवस्था छ ।

समितिको शुक्रबार बसेको बैठकले भट्टराईलाई अध्यक्षमा सिफारिस गरेको हो । प्रदेशमा बनेको लोकसेवा आयोग गठनसम्बन्धी ऐन कार्यान्वयन गर्दै अध्यक्ष सिफारिस गरिएको हो।

सन्धिखर्क नगरपालिका १० अर्घाखाँचीका स्थायी बासिन्दा भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुनुहुन्छ । समितिको सिफारिसको आधारमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने व्यवस्था छ।

लोकसेवा गठनसँगै प्रदेश ५ मा कर्मचारी नियुक्तिको बाटो खुलेको छ। प्रदेशमा करिब १ हजार ५ सय दरबन्दी खाली  छ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस