तिर्थराज ज्ञवाली

मसेरीडाँडा (देउखुरी, दाङ), १९ भदौ । मौरीघाटका एक युवाले आफ्नो जन्मदिनको अवसरमा विकट बस्ती मसेरीडाँडामा रहेको देवी प्राथमिक विद्यालयका ५२ जना विद्यार्थीलाई स्कुल झोला वितरण गरेका छन् ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट बस्ने २८ वर्षीय युवा विकास शाहीले जन्मदिन पारेर शिक्षा क्षेत्रमा उत्साह थप्न तथा विद्यार्थीहरुको सहजताका लागि विकट बस्तीका विद्यार्थीलाई झोला वितरण गरेको बताउनुभयो ।

बिहीबार एक कार्यक्रमको आयोजना गरी विद्यालयका निमित्त प्रधानाध्यापक दिनेश थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भेषबहादुर कार्कीको उपस्थितिमा झोला वितरण गरिएको हो ।

ग्रामीण तथा भौगोलिक विकट बस्ती मानिने राप्ती गाउँपालिकाको वडा नं ९ को मसेरीडाँडामा रहेको देवी प्राथमिक विद्यालयका विद्यार्थीहरुको अध्ययनमा उत्साह तथा इच्छाशक्ति बृद्धि गर्न २८ वर्षिय युवा विकास शाहीले झोला वितरण गरेको वडा नं. ९ का कर्मचारी मानबहादुर जिसीले जानकारी दिनुभयो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस