घोराही, २८ भदौ । त्रिभुवननगर जेसीजले घोराही उपमहानगरपालिका १३ मौलाकोटका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ । जेसिआई नेपाल फाउन्डेसनको सहकार्यमा विभिन्न क्षेत्रबाट सङ्कलन भएको रकमले मौलाकोटका बिपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्रीहरु उपलब्ध गराएको जेसीजले जनाएको छ ।

जेसीजले एक कार्यक्रमका बीच मौलाकोटका २८ जना विद्यार्थीहरुलाई झोला, कापी, कलम, इरेजर, कटर, टिफिन बक्स, बोतल, ज्याकेट लगायतका सामग्रीहरु वितरण गरेको हो ।त्रिभुवननगर जेसीजका अध्यक्ष वसन्तराज अधिकारीको अध्यक्षता तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवकोटाले त्रिभुवनगर जेसीजले व्यक्तित्व विकासका लागि मात्र नभएर सामाजिक क्षेत्रमा समेत ठुलो लगानी गरेको बताउनुभयो । मौलाकोटलाई जेसीज ग्राम नै घोषणा गरेर नमुना गाउँका रुपमा विकास गर्ने लक्ष्यका साथ जेसीज अगाडि बढेको बताउँदै उहाँले शैक्षिक विकासका लागि गरेको यो सहयोग निकै महत्वपूर्ण भएको धारणा राख्नुभयो । बिपन्न बालबालिकाहरुलाई उच्च शिक्षा हासिल गर्नका लागि समेत यसले आधार तय गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुन्दर गौतम, बराह क्षेत्र सेवारका प्रधानाध्यापक ज्ञानबहादुर योगी, नेपाल जेसीजका उपाध्यक्ष लालमणि भण्डारी, मौलाकोट जेसीज ग्राम टोल विकास संस्थाका अध्यक्ष गंगाबहादुर थापाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।कार्यक्रम संयोजक माधव केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जेसीजका महासचिव रोशन दाहालले गर्नुभएको थियो ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस