तिर्थराज ज्ञवाली

देउखुरी दाङ, २५ कार्तिक । खेलको विकासका लागि राप्ती गाउँपालिका वडा नं ४ ले गाउँस्तरिय फुटवल तथा क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ ।

राप्ती गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष विष्णु बहादुर घर्ती क्षेत्रीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाँउपालिकाले खेल तथा खेलाडीको स्तर बृद्धि गर्ने एवं समाज र राष्ट्रलाई पहिचान दिने सकोस् भनी खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको बताउनुभयो ।

सोमवारदेखि सुरु भएको प्रतियोगितामा १४ टिम सहभागी हुने वडा सचिव दामोदर पोख्रेलले जानकारी दिनुभयो । खेलकुद कार्यक्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद शर्मा, टोल विकास संस्थाका अध्यक्ष प्रकाश चौधरी, सदस्य पोमलाल गिरीलगायतकाले खेलाडीलाई शुभकामना दिनुभएको थियो ।

फुटबल खेलमा सिमलखुटी, पिपरखुटि, नयाँगाउँ, मौरीघाट, उत्तर खिनैटा, श्रीनारायण चोक, मौरीघाट, बुढिचौर, सुन्दरपुर, पेट्रोलपम्प टोलबीच प्रतिस्पर्धा हुनेछ भने क्रिकेट खेलमा श्रीन भ्याली, सुन्दरपुर, पेट्रोलपम्प टोल, तिनमाने, नयाँगाउँ बीच प्रतिस्पर्धा हुने प्राविधिक मानबहादुर जिसीले जानकारी दिनुभएको छ । विजेता समूहहरुलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने भएको छ ।

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस