दाङ, २ मङ्सिर । नेपाल पत्रकार महासंघ दाङ शाखाले शाखाका संस्थापक, प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष, नयाँ युगबोध दैनिकका संस्थापक एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माकी जीवनसंगिनी रोहीणीदेवी शर्माको निधनप्रति गहिरो संमवेदना प्रकट गरेको छ ।

शाखाका अध्यक्ष सविन प्रियासन र सचिव भूपेन्द्र वलीले सयुक्त रुपमा शोक वक्तव्य जारी गर्दै शोकको घडीमा शाखाको तर्फबाट आगामी तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने उल्लेख गरेका छन् । शाखाका पूर्व अध्यक्ष तथा नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक प्रताप रेग्मीकी ममतामयी आमा समेत रहेकी शर्माको ८५ वर्षको उमेरमा सोमवार बिहान निधन भएको थियो ।

‘शर्माको निधनले हामी अत्यन्त स्तब्ध र मर्माहत भएका छौं’ जारी विज्ञप्तिमा भनिएको छ-‘दुःखको यस घडिमा दिवंगत भएकी शर्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं ।’

Advertisements

प्रतिक्रिया दिनुहोस

तपाईको प्रतिक्रया लेख्नुहोस
तपाइको नाम टाइप गर्नुहोस